पेस्तोल बरामद

14

मकवानपुर । बागमती गाउँपालिका-९ बेतनी अगौटेबाट पेस्तोल १ थान र म्यागजिन १ थान आइतबार राति प्रहरीले बरामद गरेको छ ।

प्रहरी वृत्त नयाँबानेश्वर काठमाडौंबाट खटिएको प्रहरीले मकवानपुर बागमती गाउँपालिका-९ बेतनी अगौटे बस्ने १९ वर्षीय टेक बहादुर सिङतानलाई काठमाडौं नयाँबानेश्वरबाट आइतबार दिउँसो नियन्त्रणमा लिएको थियो ।

साथै आवश्यक सोधपुछ गर्ने क्रममा उनले आफ्नो घरमा पेस्तोल लुकाई राखेको भन्ने खुल्न आएपश्चात प्रहरी वृत्त नयाँबानेश्वर काठमाडौंबाट खटिएको प्रहरीले इलाका प्रहरी कार्यालय फापरबारी मकवानपुरबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा जेब्रा झोलामा लुकाई छिपाई राखेको उक्त पेस्तोल र म्यागजिन फेला पारी बरामद गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here