४६९ जनाको शव फेला

4

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढी तथा त्यसबाट प्रभावित विभिन्न जिल्लामा हालसम्म ४६९ जनाको शव फेला परेको छ।

प्रहरीका अनुसार फेला परेका शवमध्ये नवलपरासी पूर्वमा ११० र चितवनमा १७८ जनाका छन्। त्यस्तै‚ गोरखामा ४४, नुवाकोटमा ३७, धादिङमा ३३, तनहुँमा २८, नवलपरासी पश्चिममा २७ र रसुवामा १२ जनाको शव फेला परेको छ।

यसैगरी बाढीबाट १ हजार ५४५ जना घाइते भएका छन्। घाइतेमध्ये रसुवामा ६४४, नुवाकोटमा ८९८ र धादिङमा ३ जना रहेका छन्। काठमाडौं उपत्यकाका विभिन्न अस्पतालमा उपचाररत तथा उपचारपछि डिस्चार्ज भएका घाइतेको संख्या ८४ रहेको जनाइएको छ।

प्रहरीतर्फ भने १८ जना कर्मचारी अझै सम्पर्कविहीन रहेको जनाइएको छ। बाढी प्रभावित क्षेत्रमा ४ हजार ३४८ जना परिचालन गरी खोज तथा उद्धारलाई तीव्रता दिइएको प्रहरीले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here