अकालमा ज्यान गुमाएकाहरूको सम्मानमा राष्ट्रिय शोक मनाइँदै

4

काठमाडौं । रसुवाको भोटेकोशी नदीबाट आएको विनाशकारी बाढीमा परी अकालमा ज्यान गुमाएकाहरूको सम्मानमा सोमबार राष्ट्रिय शोक मनाइँदै छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा गत भदौ १८ गते बसेको मन्त्रिपरिषद् बैठकले बाढीमा ज्यान गुमाएकाको सम्मानमा आज राष्ट्रिय शोक मनाउने निर्णय गरेको थियो।  आज नेपालभरका सरकारी कार्यालय तथा विदेशस्थित नेपाली दूतावास र नियोगमा राष्ट्रिय झन्डा आधा झुकाइने छ।

आइतबार साँझसम्म प्रहरी प्रधान कार्यालय नक्सालले जनाए अनुसार भोटेकोशी बाढीमा परी मृत्यु भएकामध्ये हालसम्म एक हजार ३४२ जनाको शव फेलापरेको छ। यस्तै, बाढीमा परी अझै तीन हजार ९९२ जना सम्पर्कविहीन छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here