काठमाडौं । सन् २०२६ को शरद् ऋतुमा हिमाल आरोहणका लागि नेपालसहित ६९ देशका ६९२ आरोहीले अनुमति लिएका छन् । पर्यटन विभागका अनुसार शरद् ऋतुमा २६ वटा हिमाल आरोहणका लागि ७९ समूहका सो सङ्ख्याका आरोहीले अनुमति लिएका हुन् । अनुमति लिनेमा ५१३ पुरुष र १७९ महिला आरोही रहेका छन् ।
विभागका शाखा अधिकृत सुधा रेग्मीका अनुसार यस वर्ष सबैभन्दा बढी आरोहीले मनासलु, धवलागिरि पहिलो, पुथा हिमचुली, दङ्गा र आमादब्लम हिमाल आरोहणका लागि अनुमति लिएका छन् । त्यसै गरी सबैभन्दा बढी आरोही चीन, रुस, फ्रान्स, जर्मनी र अमेरिकालगायत देशबाट आएका छन् ।
यस वर्ष मनासलु आरोहण गर्न पाँच सय, धवलागिरि पहिलो आरोहण गर्न ३६, पुथा हिमचुली आरोहण गर्न २०, दङ्गा आरोहण गर्न १६ र आमादब्लम आरोहणका लागि सबैभन्दा बढी १५ जनाले अनुमति लिएका हुन् । शरद ऋतुका लागि सबैभन्दा बढी चीनबाट ११८, रुसबाट २४, फ्रान्सबाट ५३, जर्मनीबाट ४७ र अमेरिकाबाट ४६, बेलायतबाट ३८, जापानबाट २४ र नेपालबाट २३ जनाले आरोहण अनुमति लिएका छन् ।
उक्त हिमालमा आरोहण अनुमति प्रदान गरेबापत २४ करोड ५६ लाख ३८ हजार ७९३ रुपियाँ राजस्व सङ्कलन भएको छ । विभागका अनुसार मनासलुबाट मात्रै २२ करोड ५८ लाख ५७ हजार १८९ रुपियाँ सरकारी कोषमा दाखिला भएको छ ।
असोज पहिलो साता परेको भारी हिमपात र निरन्तरको वर्षाका कारण मौसम प्रतिकूल बनेपछि यस वर्ष मनासलु आरोहण प्रभावित भएको छ । आरोहणका लागि चुचुरोसम्म बनाएको बाटो (डोरी, भ¥याङ र सङ्केत चिह्न) हिउँले पुरिएपछि पुनः बाटो तयार नगरी आरोहण सुचारु नहुने देखिएपछि आधार शिविर पुगेका आरोही तथा सहयोगी टोली फर्किसकेका छन् ।

















