काठमाडौं । लामो रस्साकस्सीपछि अन्तत: सुदूरपश्चिम प्रदेश सरकारको बजेट प्रदेश सभा प्रस्तुत भएको छ ।
अहिले आर्थिक मामिलामन्त्री चक्रबहादुर मल्लले प्रदेश सभामा चालु आर्थिक वर्षको बजेट प्रस्तुत गरिरहेका छन् ।
पछिल्लो समय एमाले र नेपाली कम्युनिस्ट पार्टी(नेकपा)को गठबन्धनमा साउन २९ गते खगराज भट्ट तेृत्वमा सरकार बनेको थियो ।
अहिले आर्थिक वर्ष सुरु भएको तीन महिना बित्न लाग्दा बल्ल प्रदेशसभामा बजेट प्रस्तुत भएको छ ।


















