कात्तिक । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका खेल देखाउन पोखरा एभेन्जर्सले पोखरा र भक्तपुरमा आधिकारिक फ्यान पार्क सञ्चालनमा ल्याएको छ।
पोखराको हल्लनचोकस्थित क्याम्पिड चौर र भक्तपुरको सल्लाघारीस्थित नेवा ननीमा रहेका फ्यान पार्कमा सोमबारदेखि प्रतियोगिताका खेल प्रत्यक्ष हेर्न सकिनेछ। उद्घाटन दिन दुवै स्थानमा समर्थकलाई निःशुल्क प्रवेशको व्यवस्था गरिएको छ।
फ्यान पार्कमा एनपीएलका सबै खेल ठूलो एलईडी स्क्रिनमा प्रत्यक्ष प्रसारण गरिनेछ। समर्थकले सामूहिक रूपमा खेल हेर्नुका साथै संगीत, खानपान, विभिन्न खेल गतिविधि र पारिवारिक क्षेत्रको सुविधा पनि पाउनेछन्।
उद्घाटन दिनपछि फ्यान पार्कमा प्रवेशका लागि एक्सपेरियन्स कुपनको व्यवस्था गरिएको छ। कुपन प्राप्त गर्न कम्तीमा ४९९ रुपैयाँको खरिद गर्नुपर्नेछ। समर्थकले fanpark.thuprai.com मार्फत प्रवेश बुक गर्न सक्नेछन्। एक जनाले एउटै अर्डरमा बढीमा १० वटा प्रवेश बुक गर्न पाउनेछन्।
फ्यान पार्कमार्फत पोखरा र भक्तपुरका समर्थकलाई एकै ठाउँमा भेला भएर एनपीएलका खेल हेर्न र आफ्नो टोलीलाई समर्थन गर्न अवसर मिल्ने पोखरा एभेन्जर्सले जनाएको छ।


















