काठमाडौं । सरकारले अघि बढाएको दुई अध्यादेश राष्ट्रपति कार्यालयमा रोकिएका छन्।
१७ कात्तिकमा बसेको मन्त्रिपरिषद्को बैठकले दुई अध्यादेश ल्याउने निर्णय गरी राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो।
प्रेस काउन्सिल नेपाल ऐन २०४८ लाई संशोधन गर्न बनेको ऐनलाई संशोधन गर्न बनेको अध्यादेश र संस्कृति, पर्यटन तथा नागरिक उड्डयन लगायत केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश जारी गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय भएको थियो।
अध्ययनका लागि भन्दै राष्ट्रपति कार्यालयले दुवै अध्यादेश होल्डमा राखेको छ। प्रेस काउन्सिलसम्बन्धि अध्यादेश भने जारी नगर्न पत्रकार महासंघ लगायत निकायले राष्ट्रपतिलाई आग्रह गरेका छन्। प्रेससँग सम्बन्धित कानून संसद छलेर अध्यादेशमार्फत संशोधन गर्न लागिएको भन्दै आलोचना भइरहेको छ।


















