नेपाल–भारतबिचको राजनीतिक वातावरणमा निर्भर रहने उल्लेख

7

काठमाडौं । भारतीय प्राध्यापक एसडी मुनीले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाहको भारत भ्रमणमा ठोस उपलब्धि हासिल हुन नसकेको टिप्पणी गरेका छन् । मंगलबार एक्समा पोस्ट गर्दै मुनीले बालेनको भ्रमणमा देखावटी पक्ष र प्रतिबद्धता मात्रै राम्रो देखिएको जनाएका हुन् ।

भ्रमणका क्रममा कुनै ठोस उपलब्धि र दुवै देशलाई स्वीकार्य परिणाम आउन नसकेको समेत उनको जिकिर छ । उनले भ्रमणका क्रममा जारी भएको भिजन डकुमेन्टलाई भारतको कूटनीतिक औजारको संज्ञा दिँदै त्यसको कार्यान्वयन नेपाल–भारतबिचको राजनीतिक वातावरणमा निर्भर रहने उल्लेख गरेका छन् ।

त्यस्तै, भारतले बागडोगरा उडानका लागि नेपालको हवाई क्षेत्र प्रयोग गर्न राखेको माग चीनसँग सम्बन्धित सुरक्षा संवेदनशीलताबारे नेपालको प्रतिक्रिया जाँच्ने उद्देश्यले आएको उनको टिप्पणी छ । यस विषयमा नेपाल तत्कालै भारतलाई सहयोग गर्न तयार नरहेको मुनीले उल्लेख गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here