अफ्रिकी कप अफ नेसन्सको उपाधि सेनेगलकै पोल्टामा

2
लुजान । खेलकुदको सर्वोच्च न्यायिक निकाय कोर्ट अफ आर्बिट्रेसन फर स्पोर्ट (कास) ले अफ्रिकी फुटबल महासङ्घ (काफ) को निर्णय उल्ट्याउँदै सेनेगललाई नै अफ्रिका कप अफ नेसन्स (अफकन) २०२५ को च्याम्पियन कायम राख्ने फैसला सुनाएको छ। स्विट्जरल्यान्डको लुजानमा भएको सुनुवाइपछि तीन सदस्यीय प्यानलले रेफ्रीको मैदानभित्रको निर्णयलाई अन्तिम मान्नुपर्ने ठहर गर्दै सेनेगलको पक्षमा सर्वसम्मत फैसला गरेको हो।
फाइनल खेलको इन्जुरी समयमा रेफ्रीको निर्णयप्रति असन्तुष्टि जनाउँदै सेनेगलका केही खेलाडीले मैदान छाडेपछि विवाद उत्पन्न भएको थियो। पछि कप्तान सादियो माने को पहलमा टोली मैदान फर्किएको थियो र अतिरिक्त समयमा पापे गुएले निर्णायक गोल गर्दै सेनेगललाई १–० को जित दिलाएका थिए। तर, मार्चमा काफको अपिल बोर्डले सेनेगलले खेल परित्याग गरेको ठहर गर्दै मोरक्कोलाई ३–० को विजेता घोषित गरेको थियो।
कासले रेफ्रीले खेल पुनः सुरु गर्न सिठी बजाउँदा दुवै टोली मैदानमा फर्किसकेको अवस्थामा त्यसमा न्यायिक हस्तक्षेप गर्न नमिल्ने स्पष्ट पारेको छ। यो फैसलासँगै सेनेगलले पुनः आधिकारिक रूपमा अफ्रिकी च्याम्पियनको उपाधि रक्षा गर्दै खुसियाली मनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here