थाल ठटाएर सरकारको विरोध

2

काठमाडौं । भक्तपुरको बोडेस्थित होल्डिङ सेन्टरमा बस्दै आएका सुकुमवासीहरूले थाल ठटाएर सरकारको विरोध गरेका छन् ।

सरकारले आज दिउँसो २ बजेसम्म होल्डिङ सेन्टर छाड्न सरकारले अल्टिमेटम दिएपछि त्यसको विरोधमा सुकुमवासीहरू प्रदर्शनमा उत्रिएका हुन् ।

गत वैशाखमा नदी किनाराबाट विस्थापित गरिएका सुकुमवासीलाई उपत्यकाका तीन ठाउँमा अस्थायी बसोबासको व्यवस्था गरिएको छ ।

काठमाडौंको नागार्जुन, भक्तपुरका दुई स्थान बोडेस्थित कृषि विकास बैंकको तालिम केन्द्र र खरिपाटीमा रहेको विद्युत प्राधिकरणको भवनमा सात महिनादेखि सुकुमवासीहरू बसिरहेका छन् ।

थापाथली, गैरीगाउँ, मनोहरा लगायतका क्षेत्रबाट हटाएका सुकुमवासीलाई ती स्थानमा राखिएको छ ।

बोडेस्थित कृषि विकास बैंकको भवनमा बसिरहेकाहरूलाई ठाउँ खाली गर्न उर्दी जारी गरेपछि सुकुमवासीहरू भयभित र आक्रोशित बनेका छन् । उनीहरुले आज रित्ता थाल ठटाएर प्रदर्शन गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here