ग्रेटर नेपालद्वारा चिनिया अधिकारीसँग व्यापारिक कारोबार सुरु गर्न अनुरोध

232

काठमाडौ, १८ असोज तातोपानी नाका खोल्न सरकारले गरेको बिलम्बको विषयलाई मध्यनजर गरी ग्रेटर नेपाल राष्ट्रवादी मोर्चा नेतृत्वको एक प्रतिनिधि मण्डल यही असोज १६ गते तातोपानी नाका स्थित मितेरीपुल पुगी चिनियाँ अधकारी समक्ष नाका खोलेर ब्यापारिक कारोबार सुचारु गर्न अनुरोध गरेको छ ।

मोर्चाका अध्यक्ष फणीन्द्र नेपालको नेतृत्वमा नेपाली र चिनियाँ झण्डा बोकेर मितेरीपुल पुगेका स्थानिय जनता सम्मिलित मोर्चाको प्रतिनिधि मण्डललाई चिनियाँ अधिकारीले आत्मीय स्वागत गरेका थिए । मोर्चाका तर्फबाट मित्रताको प्रतीक नेपालको राष्ट्रीय झन्डा चिनियाँ अधिकारीलाई उपहार दिएपछि चिनियाँ पक्षबाट पनि मोर्चाका अध्यक्षलाई चीनको राष्ट्रीय झन्डा उपहार दिइएको थियो । उक्त अवसरमा नेपाल चीन बिचको दौत्य सम्बन्धको ६० आँै वर्ष पुगेको उपलक्ष्यमा नेपाल चीन सम्बन्ध खुला र हार्दिक रहेको भनी खुसी व्यक्त गर्दै मोर्चाका अध्यक्ष फणीन्द्र नेपालले नेपालको असहज स्थितिमा सघाउने प्रतिबद्धता ब्यक्त गरेकोमा चिनियाँ जनता र सरकारप्रति धन्यबाद प्रकट गरेका थिए ।

प्रतिउत्तरमा चिनियाँ अधकारीले उपहारमा दिएको नेपालको राष्ट्रीय झन्डा र मोर्चाको संदेश चिनियाँ सरकार समक्ष पु¥याउने बचन दिएका थिए । उक्त अवसरमा नेपाल चीन सम्बन्ध अमर रहोस् र नेपाल चीन एकता जिन्दाबाद जस्ता नारा लगाइएको थियो । मितेरी पुलको बिचमा यो कार्यक्रम हँुदा स्थानीय जनता उत्साहित भई ताली बजाएर स्वागत गरेका थिए भने मोर्चाका अध्यक्षसँग कुराकानी गर्दै स्थानीय जनताले अरनिको राजमार्गको मर्मत—सुधारमा चासो नदिएकोमा सरकारप्रति रोष प्रकट गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here