इश्वरले चाहेमा ५÷६ दिनमा निकाशः भारतीय विदेश मन्त्री स्वराज

180

काठमाडौ, २२ मंसिर, भारतीय विदेश मन्त्री सुष्मा स्वराजले इश्वरले चाहेमा ५÷६ दिनमा नेपाल भारत सीमामा देखिएको समस्या समाधान हुनसक्ने जनाएकी छिन् । मंगलबार भारतको राज्य सभामा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै विदेशमन्त्री स्वराजले यस्तो जनाएकी हुन् । उनले हालै मात्र नेपालका परराष्ट्रमन्त्री कमल थापा तथा मधेशी दलका नेताहरुसँग पनि भेट गरेको भन्दै एक साता भित्र सिमामा उत्पन्न समस्या समाधान हुने विश्वास व्यक्त गरेकी छिन् । सांसदहरुलाई जवाफ दिने क्रममा उनल नेपालमा कुनै किसिमको नाकाबन्दी नभएको कुरा भने बोल्न छुटाइनन् । उनले नेपालमा मानवीय संकट नआवस् भनेर ४ सय ट्रक औषधि पठाएको उल्लेख गर्दै अत्यावश्यक सामग्री नपाएका नेपालीको पीडा आफूहरूले पनि बुझेको जानकारी गराईन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here