काठमाडौं/ नेपालले भारतलाई उसकै भूमिमा २–१ गोल अन्तरले हराउादै २३ वर्षपछि साग फुटबलमा स्वर्ण पदक जितेको छ । भारतको गुवाहिटीमा आयोजना भएको १२औं सागमा नेपालले पुरुष टोलीको फुटबलको फाइनल खेलमा सोमबार भारतलाई हराउादै ऐतिहासिक जित हात पारेको हो ।
नेपालले यसअघि सन् १९८४ र १९९३ मा पुरुष फुटबलमा स्वर्ण जितेको थियो । सन् १९९९ को फाइनल पुगेर पनि हारेको नेपालले त्यसयता भने फुटबलमा पदक जित्न सकेको थिएन । सोमबारको खेलमा भारतले पेनाल्टी गोलबाट अग्रता लिएको थियो । ३१औं मिनेटमा आदित्य चौधरीले विपक्षी खेलाडीलाई फल गरेपछि भारतले पेनाल्टी पाएको थियो । त्यसअघि भारतका कुमाम उदान्तले ११ मिनेटमै गोल गरे पनि रेफ्रीले अफसाइड दिए ।
खेलको पहिलो हाफमा भारतले नेपालमाथि निरन्तर दबाब सिर्जना गरेको थियो । तर दोस्रो हाफमा भने नेपालले उत्कृष्ट पुनरागमन गर्दै खेल आफ्नो पक्षमा पार्यो । ६५औं मिनेटमा प्रकाश बुढाथोकीले फ्रिकिकमार्फत उत्कृष्ट गोल गर्दै खेललाई बराबरीमा पुर्याए । लगत्तै विमल घर्तीमगर वान भर्सेज वानमा चुके भने बाउन्स भएको बलमा नेपालले गरेको प्रहार भारतीय खेलाडीले गोललाइनबाट बचाए । खेलको ७१औं मिनेटमा नवयुग श्रेष्ठले गोल गर्दै नेपाललाई २–१ को अग्रता दिलाए । खेलमा थप गोल हुन सकेन र नेपाल भारतलाई २–१ ।