काठमाडौं/ युएईका विभिन्न हलहरूमा अब नियमित रूपमा नेपाली चलचित्र प्रदर्शन हुने भएको छ । रोजगारीको सिलसिलामा यूएईमा रहेका नेपाली चलचित्रप्रेमीलाई लक्षित गर्दै युएईभरि सञ्जाल रहेको भक्स सिनेमाका करिब ८५ वटा पर्दाहरूमा नेपाली चलचित्र लाग्ने भएको हो ।
नेपाली चलचित्रमा कलरिस्टका रूपमा स्थापित सुदीप श्रेष्ठको अगुवाइमा उक्त सम्झौतो भएको हो । अब ती सिनेमा हलमा साप्ताहिक रूपमा नेपाली चलचित्र प्रदर्शन हुने भएको छ । नेपाली चलचित्रका पारखीहरूले हरेक शुक्रबार र शनिबार नेपाली चलचित्र हेर्न पाउनेछन् । आगामी मार्च ११ तारिखदेखि प्रत्येक शुक्रबार र शनिबार नेपाली चलचित्र दुबई र अबुधाबीका हलमा प्रदर्शन हुने श्रेष्ठले जानकारी दिए । श्रेष्ठको पहलमा गत जनवरी ३१ मा युएईको भक्स सिनेमा प्रालिसाग व्यावसायिक सम्झौता भएसागै अब नेपाली चलचित्र युएईमा साप्ताहिक रूपमा प्रदर्शनी पक्कापक्की भएको हो । यो सम्झौतासागै युएईमा रोजगारीको सिलसिलामा रहेका सम्पूर्ण नेपालीहरूले अब नयाानयाा नेपाली चलचित्र हलमै हेर्न पाउने भएका छन् । उक्त सम्झौताबाट त्यहााका नेपालीहरूमा पनि खुशीयाली छाएको जनाइएको छ ।
नेपाली चलचित्र नियमित प्रदर्शनका लागि जनवरी ३१ मा युएईको भक्स सिनेमा प्रालिसाग व्यावसायिक सम्झौता भएको हो । भक्स सिनेमाको विभिन्न १३ स्थानमा रहेको ७ दर्जन बढी पर्दामा अब एकसाथ नेपाली चलचित्र हेर्न सकिने छ भने हलिउड र बलिउड चलचित्रको बीचमा नेपाली चलचित्रहरूका ट्रेलर समेत प्रदर्शन गरिने सम्झौता भएको छ ।
उक्त सम्झौताअनुरूप गत फेब्रुअरी १५ तारिख देरास्थित सिटीसेन्टरको भक्स सिनेमामा नेपाली चलचित्र कबड्डी कबड्डीको विशेष प्रदर्शनी सम्पन्न पनि भएको एभरेस्ट मिडिया एलएलसीका मुनाल शिशिर कोइरालाले जानकारी दिए ।