काठमाडौं/ पूर्वराजा ज्ञानेन्द्र शाह एक रातको भारत भ्रमण गरी स्वदेश फर्किएपछि राजनीतिक क्षेत्रमा तरंग पैदा भएको छ । वैशाख १६ गते दिल्लीका लागि काठमाडौंबाट उडेका पूर्वराजा शनिबार फर्किएर गोप्य रुपमा म्याग्दी पुगेर फर्किएका छन् । भारत भ्रमण गरेर शक्ति आर्जन गरिरहेको ठान्ने नेपालका राजनीतिक दलका लागि पूर्वराजाको भारत भ्रमण भने आपत्तिजनक भइरहने गरेको छ । दलका नेताहरुले नागरिकता ऐन र नदी हस्तान्तरण गरेको पूर्वराजाले भने भारतलाई खुशी तुल्याउन कुनै उपहार दिन सकेका छैनन् । दलका नेताहरुसाग प्रतिस्पर्धा गर्न खोजेका हुन् वा भित्री खेल के छ पूर्वराजको ? परिणाम भने आउन बााकी नै छ ।
२०६२/०६३ को जनआन्दोलनपश्चात् राजगद्दी गुमाएका पूर्वराजाले अहिले पनि विभिन्न चाडपर्व तथा विशेष अवसरहरूमा जनताका नाममा शुभकामना सन्देश दिने गरेका छन् । प्रत्येक पटक उनले सार्वजनिक गर्ने गरेका शुभकामना सन्देशमा दरबार छोड्नुपर्दाको पीडासागै राजनीतिक दलहरूलाई चिढाउने किसिमका भाषाहरू प्रयोग हुनु सामान्य बनिसकेको छ । ज्ञानेन्द्र शाहका त्यस्तै अभिव्यक्तिकै कारण बेला–बेलामा उनी प्रमुख राजनीतिक दलको तारोसमेत बन्ने गरेका छन् । तर यसपटक भने नयाावर्षको अवसरमा शाहले जारी गरेको शुभकामना सन्देश विगतभन्दा केही पृथक् र उनको सम्भावित सक्रियतासाग जोडिएर आएको सजिलै बुझ्न सकिन्छ । शाहले शुभकामना सन्देशमा उल्लेख गरेका आक्रामक भाषा हेर्दा अब उनी कसैसाग नझुक्ने र आफ्नो सक्रियतालाई तीव्र गतिमा बढाउने अड्कलबाजी पर्यवेक्षकहरुले गरेका छन् ।
पूर्वराजा शाहले पछिल्लोपटक २०७३ को उपलक्ष्यमा सार्वजनिक गरेको विज्ञप्तिमा भनिएको छ, ‘राज्य संयन्त्रलाई व्यक्तिगत लाभमा दुरूपयोग गर्ने शासकीय शैलीले नेपाल कमजोर भइसकेको छ । राष्ट्रसम्बन्धी अवधारणा कमजोर भएको, क्षेत्रीय तथा भूमण्डलीय राजनीति नयाा चरणमा प्रवेश गर्न थालेको अहिलेको सन्दर्भमा नेपालीको चिन्ता र अगस्ती नेतृत्वको तृष्णाबीचको फाटो नोक्सानदायी भइसकेको छ । त्यसैले स्वदेशको माटोमा दह्रोसाग खुट्टा टेक्ने र नेपाललाई नेपालीत्व, आफ्नो मौलिक अस्तित्व र नेपालकै आफ्नो स्वाधीन प्रमुख रहोस् भन्ने भावनाबाट प्रेरित सबै देशभक्तहरूलाई समेटेर अगाडि बढ्नु आवश्यक भइसकेको छ ।’ ज्ञानेन्द्र शाहको शुभकामना सन्देशमा नेपालका राष्ट्रिय मान्यताहरू (धर्म, संस्कृति, भाषा, इतिहास र सभ्यता) विपरीत प्रहार भइरहेको वर्तमान अवस्थामा पुर्खाले सुम्पिएका धरोहरहरू आफ्ना सन्ततिलाई कसरी हस्तान्तरण गर्न सकिन्छ भन्ने प्रश्न अहिले अझ पेचिलो बन्दै गइरहेको र त्यसका लागि दक्षिण एसियाको भूराजनीतिक संवेदनशीलता र शक्ति सन्तुलनको हेक्का राख्न जरुरी रहेको उल्लेख गरिएको छ । उनले उक्त सन्देशमार्फत हामी को थियौं ?, कहाा थियौं ? अहिले कुन स्थितिमा छांै ? देश कता जाादै छ ?, समाजको मनोदशा के छ ?, हाम्रो साझा र सही मार्गचित्र के हुनुपर्दछ ?, कसको के कस्तो त्याग र योगदान छ ?, कसको के कस्तो महत्व र मान्यता छ ? अनि कस–कसको कस्तो अर्घेल्याइा छ ? भन्ने विषयलाई वर्तमान अवस्थामा सबैले बुझिसकेको दाबी गर्दै अहिलेको व्यवस्थाप्रति तीव्र असन्तुष्टि व्यक्त गरेका छन् । उनको यो असन्तुष्टिले अब उनी चुप रहादैनन् भन्ने आशय बुझ्न कठिन छैन ।
आफ्नो सत्ता गुमेको झण्डै १० वर्षसम्म चुपचाप बसेका ज्ञानेन्द्र शाह अहिले एकाएक आक्रामक बन्नु र आफ्नो सक्रियता बढाउनुका पछाडि सामान्य असन्तुष्टि मात्र हो भन्ने अवस्था छैन । किनभने ज्ञानेन्द्र शाहले सामान्य अभिव्यक्ति दिादासमेत त्यसको प्रतिवादमा लाग्ने दलका नेताहरू झनै आक्रामक रूपमा प्रस्तुत हुादा कसरी प्रस्तुत हुनसक्छन् भन्ने पनि उनले राम्रैसाग बुझेका छन् । उनले नेपालको स्वाधीनताका लागि देशभक्तहरूलाई समेटेर अघि बढ्नुपर्ने आवश्यकता देखाउनुले विगतमा उनी सक्रिय हुनसक्छन् भनी गरिएका अनुमानहरू सत्य साबित हुने सम्भावना बढेर गएको छ । तथापि उनको सक्रियता मुलुकको स्वाधीनताको रक्षाका लागि हो वा राजसंस्थाको पुनस्र्थापनाका लागि मात्र हो ? त्यो भने प्रष्ट हुन सकेको छैन ।
पूर्वराजा ज्ञानेन्द्रको यो अभिव्यक्ति यस्तो अवस्थामा आएको छ, जुनबेला राजसंस्था हटाउन प्रमुख भूमिका निर्वाह गर्ने दशवर्षे सशस्त्र युद्धको नायकत्व गरेको राजनीतिक दल तत्कालीन नेकपा (माओवादी) गुट र फुटको चपेटामा परेर आफ्नो अस्तित्वको लडाइा लडिरहेको छ, मुलुकको प्रमुख दल नेपाली कांग्रेसभित्र महामन्त्रीदेखि प्रमुख प्रभावशाली नेताहरूले राजसंस्था र हिन्दूराज्यको पक्षमा आ–आफ्ना अभिव्यक्ति सार्वजनिक गरिरहेका छन् । हालको देशको राजनीतिक सामाजिक अवस्था र विद्यमान महागी, अभाव, असुरक्षालगायतका बेथितिपूर्णप्रति जनतामा तीव्र निराशा छाएको छ भने छिमेकी मुलुक भारतसमेत हिन्दूराज्य र राजसंस्थाका पक्षमा खुलेर वकालतमा लागेको छ । यस्तो बेलामा पूर्वराजा ज्ञानेन्द्रले आफ्नो सक्रियता बढाउन खोज्नुका पछाडि उनले बलियोसाग टेक्नका लागि बैशाखीको आड पाइरहेको कुरा प्रष्ट बुझ्न सकिन्छ ।
हुन त पछिल्लो समय पूर्वराजा शाहले राजसंस्था पुनस्र्थापनाका लागि ठूलै सक्रियता देखाइरहेका समाचारहरू बेला–बेलामा सार्वजनिक हुने गरेका छन् । उनले छिमेकी मुलुक चीन र भारतका प्रतिनिधिहरूसाग थाइल्याण्डमा पटक–पटक भेटर राजसंस्था पुनस्र्थापनाका लागि वातावरण तयार पारिदिन आग्रह गरेका समाचारहरू पनि प्रकाशित/प्रसारित हुने गरेका थिए । उनको पटक–पटकको थाइल्याण्ड र भारत भ्रमणले पनि यसै कुरालाई संकेत गर्दछ । तर हालै उनले दिएको शुभकामना सन्देशमा देखिएको आक्रामक शैली विदेशी संकेतमा हो या मुलुकभित्रै राजसंस्थाका पक्षमा बनिरहेको जनमतका कारण हो, त्यो भने तत्कालै अनुमान लगाउन गाह्रो छ । तथापि उनको सक्रियताको संकेतसागै उनलाई कुनै छिमेकी मुलुकको इशारामा भुटानी राजाको अवस्थामा पुनस्र्थापना गराउने किसिमका अनुमान र आशंका पनि हुन थालेका छन् । यदि पूर्वराजा शाह सत्ताको लोभमा भुटानी राजा जस्तै बन्ने अवस्थामा पुगे भने त्यो नेपालको हितमा कदापि हुन सक्दैन । यस्तो कुरालाई बुझेका पूर्वराजा ज्ञानेन्द्र आत्मज्ञान र आन्तरिक पहलमै सक्रिय हुन खोजेका हुन् वा प्रायोजित रूपमा हो, त्यो भने आगामी दिनले पुष्टि गर्दै जाला ।