आर्यन र नम्रता उत्कृष्ट नायकनायिका घोषित

165

काठमाडौं/ पहिलो ‘फान अवार्ड’मा आर्यन सिग्देल र नम्रता श्रेष्ठ उत्कृष्ट नायक–नायिका घोषित भएका छन् । चलचित्र कलाकार संघले काठमाडौंको त्रिभुवन आर्मी अफिसर्स क्लबमा उक्त अवार्ड वितरण कार्यक्रम आयोजना गरेको थियो । कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओली प्रमुख आतिथ्यमा विभिन्न २४ विधामा अवार्ड प्रदान गरिएको थियो ।
कार्यक्रममा वर्षकै उत्कृष्ट चलचित्रको अवार्ड ‘पशुपति प्रसाद’लाई प्रदान गरिएको छ । सोही चलचित्रले उत्कृष्ट निर्देशक, उत्कृष्ट खलपात्र र उत्कृष्ट कथाको विधामा अवार्ड जित्न पनि सफल भएको छ । त्यस्तै, वरिष्ठ कलाकार हरिप्रसाद रिमाललाई नगद १ लाख ११ हजार १ सय ११ रूपैयाासहित ‘दीर्घ साधान सम्मान’ प्रदान गरियो । प्रधानमन्त्री केपी शर्मा ओली, सूचना तथा सञ्चारमन्त्री शेरधन राई, नेपाली सेनाका प्रधानसेनापति राजेन्द्र क्षेत्रीले उनलाई सम्मान गरे । दोसल्ला, सम्मानपत्र र नगदसहित उनलाई सम्मानित गरिएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here