सुन तस्करी रोक्ने प्रधानमन्त्रीको आश्वासन

248

काठमाडौं / प्रधानमन्त्री केपी ओलीले सुशासनद्वारा आर्थिक विकासतर्फ अगाडि बढ्ने र देशभित्रै रोजगारी सृजना गर्ने तयारीसाथ सरकारले नीति र कार्यक्रम ल्याउने तयारी गरेको जानकारी गराउनु भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घको पाँचौँ साधारणसभाको उद्घाटन गर्दै ओलीले अब मुलुक गरिब र नेपाली जनता बेरोजगार रहने छुट हुँदैन, उत्पादन वृद्धि गरी मुलुकमै पर्याप्त मात्रामा रोजगार वृद्धि गरिने जनाउनु भयो ।
‘केही गर्छु भन्दा आश्चर्य मान्ने, अविश्वास गर्ने प्रवृत्ति हाम्रो छ, तर अब त्यही आश्चर्यको काम गरेर देखाउने बेला आएको छ’, प्रधानमन्त्री ओलीले भन्नुभयो । पानीजहाज चलाएर सस्तो दरमा सोही जहाजबाट सामान ओसार्ने कुरा गर्दा आपूmलाई चंगाभन्दा बढी उडाएको टिप्पणी उहाँले गर्नुभयो । तर, आफ्नै कार्यकालमा सो काम गरेर देखाउने प्रतिबद्धता उहाँले दोहो¥याउनु भयो । ‘समृद्ध नेपाल र सुखी नेपाली’ सरकारको मुख्य लक्ष्य रहेको भन्दै ओलीले त्यसका लागि सरकारले दिनरात एक गरेर काम गर्ने जनाउनु भयो । सबै किसिमको व्यवसायले रोजगार र अवसर प्रदान गरिरहेको भन्दै ओलीले सुनचाँदी व्यवसायले पनि लाखौं नेपालीलाई रोजगार प्रदान गरिरहेकोमा खुसी व्यक्त गर्नुभयो । ओलीले व्यवसायीहरुको भौतिक सुरक्षा, बिना डरत्रास व्यवसाय गर्ने वातावरणको निर्माण सरकारले गर्ने प्रतिबद्धता जनाउँदै सुनचाँदीको विषयलाई लिएर अपराध र तस्करी विगतमा भए पनि अब सरकारले त्यसमा पूर्णतः बन्देज गर्ने वचन पनि दिनुभयो ।
सुनचाँदी व्यवसायलाई मर्यादित र त्रासरहित बनाउन आवश्यक ऐन र निर्देशिका तर्जुमा हुने क्रममा रहेको जानकारी गराउँदै ओलीले भन्नुभयो, ‘ढुक्कसँग व्यवसाय गर्ने वातावरण निर्माण हुन्छ, तस्करी र अपराधजन्य कार्यको अन्त्य गर्छाैं ।’ नेपाल सुनचाँदी व्यवसायी महासंघका अध्यक्ष मोहन सुनारले सुनचाँदी व्यवसाय निर्धक्क साथ आयात गर्न सरकारले आवश्यक ऐन र निर्देशिका तर्जुमा नगर्दा व्यवसाय गर्न कठिन भएको जानकारी गराउनु भयो । दैनिक बढीमा ४५ किलो सुनको माग रहेको र सरकारले २० किलो मात्र सुन उपलब्ध गराइरहेको गुनासो सुनाउदै सुनचाँदी व्यवसायमार्फत थप रोजगार सृजना गर्न मागअनुसारको सुन उपलब्ध गराउन अध्यक्ष सुनारले सरकारसँग माग गर्नुभयो ।

(- जनधारणा साप्ताहिक)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here