व्यवसायीको समस्या समाधानका लागि सरकार तयार : सूचना मन्त्री बाँस्कोटा

227

काठमाडौं/ सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले व्यवसायीको समस्या समाधानका लागि सरकार तयार रहेको जनाउनु भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी संघ काभ्रेपलाञ्चोकको आज धुलिखेलमा आयोजित चौथो वार्षिक साधारणसभामा उहाँले व्यवसायीको माग बमोजिम नियम, कानून, विनियम जे बनाउनुपर्ने हो, त्यसका लागि सरकार तयार छ भन्नुभयो ।

मन्त्री बाँस्कोटाले उत्पादन र उत्पादकत्व वृद्धि गर्नु अहिलेको आवश्यकता हो भन्दै त्यसका लागि व्यवसाय, प्रविधि, कलालगायत सबै क्षेत्रमा सहयोग गर्न सरकार तयार रहेको जनाउनुभयो  ।

समृद्ध नेपाल र सुखी नेपालीको नारा लिएर सरकार अगाडि बढेको र यसलाई मूर्तरुप दिन सबै नेपाली अग्रसर हुनुपर्ने बताउँदै उहाँले मुलुकको विकास र समृद्धिका लागि  खानीको सम्भाव्यता अध्ययन, उत्खनन र बजारीकरणमा पनि लाग्न व्यवसायीलाई आग्रह गर्नुभयो ।

मन्त्री बाँस्कोटाले हरेक पेशा सम्मानित र पारदर्शी हुनुपर्नेमा जोड दिदैं मुलुकलाई समृद्ध बनाउने दिशामा सरकार अग्रसर भएकाले यसमा सहयोग गर्न सबैमा आग्रह गर्नुभयो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here