विप्लव कार्यकर्ताकाे घरमा प्रहरीले हाल्याे घेरा

146

काठमाडौं /  मंगलबार बिहानै रोल्पास्थित ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी निकट जनसरकार प्रमुख तथा सुकीदह गाउँपालिका इन्चार्ज लाल बहादुर वली ‘विश्व’ लाई पक्राउ गर्न नेपाल प्रहरीले वलीको घर घेरा हालेको छ । रोल्पा सुकीदह गाउँपालिका ३ स्थित घरमै प्रहरी हवल्दारको कमाण्डमा आएको ७ जनाको प्रहरी टोलीले ५ घण्टासम्म घर घेरा हालेर आतंक मच्चाएको जनसरकार प्रमुख लाल बहादुरकी श्रीमती आशा वलीले जानकारी गराएकी छिन् ।

प्रहरी हवल्दारले एकाबिहानै घरमा आएर तपाईको श्रीमान खै, उहाँलाई हामी लिन आएको हो, उहाँसँग छलफल छ भन्दै ५ घण्टा सम्म घर घेरा गरेर आफूलाई मानसिक यातना दिएको वलीले सञ्चारमाध्यमहरूलाई जानकारी गराएकी छिन् ।

बिहान करीव ७ः४५ मा सुखाओडारबाट आएको प्रहरी टोली करिब १२ बजे फर्किएको उनले सञ्चारमाध्यमलाई जानकारी गराएकी छिन् । प्रहरीले ५ घन्टाको समयमा घर घेरा हाल्नुका साथै घरको वरिपरी भएको बुट्यानमा लुकेर बसेको भन्दै उनले आक्रोश पोखिन, मानौ कि अपराधी जस्तो गरी उहाँलाई ढुकेर प्रहरी बसेको उनको प्रतिक्रिया रहेको छ ।

प्रहरीको उक्त हर्कत प्रति उनले असन्तुष्टि पोखिन ‘राजनीति गरेकै आधारमा यसरी घरमै आएर आतंक मच्चाउन पाइन्छ ? प्रहरी प्रसासनको यो रबैयाले लोकतन्त्रकै उपहास गरेको उनको भनाइ थियो । श्रीमान अर्को माथिको घरमा गोरुलाई घाँस हाल्न जानुभएको छ भन्दा पनि नपत्याएको र जनयुद्धको झल्को दिनेगरि संकटकालजस्तै प्रहरीले घर घेरा हालेर राज्यआतंक मच्चाएको उनको आरोप छ ।

यसअघि पनि रोल्पाका सेक्रेटरी सन्तोष सुबेदी प्रयाससहित २ जनालाई प्रहरीले पक्राउ गरिसकेको छ । प्रहरी प्रशासनले देशैभर नै नेपाल कम्युनिष्ट पार्टी विप्लबका कार्यकर्तामाथि झुट्टा मुद्दा लगाउँदै धरपकड गरिरहेको छ । सर्वाेच्च अदालतबाट चार पटक रिहा गरिएका प्रवक्ता प्रकाण्डलाई सर्वाेच्च परिसरबाटै पक्राउ गरेर एक किसिमको राज्यआतंक सृजना गरिएको छ । कानुन राजको धज्जी उडाइएको छ ।

सर्वाेच्च अदालतले सरकारकै विरुद्ध अदालतको अवहेलनामा मुद्दा चलाउने सम्भावनासमेत देखिएको छ । दाङबाट सर्वाेच्च झिकाएर रिहा गरिएका प्रकाण्डलाई सर्वाेच्चबाटै पक्राउ गरेर उदयपुर पु¥याइएकोमा सर्वाेच्च अदालतले तीन दिनभित्र उपस्थित गराउन अर्काे आदेश गरेको छ । सम्भवतः प्रकाण्डलाई आजै या भोलि सर्वाेच्च अदालतमा उपस्थित गराइने स्रोतले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here