काठमाडौं / ज्योति विकास बैंक देशकै सबैभन्दा धेरै चुक्तापूँजी भएको विकास बैंक बनेको छ । देशका विकास बैंकहरुमध्ये सर्वाधिक पूँजी ३ अर्ब १० करोड पुगेको ज्योति विकास बैंकको असोज २९ गते काठमाडौंमा सम्पन्न साधारणसभाले जनाएको छ ।
साधारणसभाले १ बराबर १ को सेयर स्वाप अनुपातमा हाम्रो विकास बैंकलाई गाभ्ने स्वीकृति प्रदान गरेको जनाइएको छ । सोही सभाले ज्योति विकास बैंकका शेयरधनीहरुलाई चुक्तापूँजीकोे ८.४० प्रतिशतको दरले हुने २१ करोड ८० लाख ६२ हजार ७ सय ५३ रुपैयाँ नगद लाभांश वितरणको स्वीकृति समेत प्रदान गरेको छ।
संचालक समितिका अध्यक्ष हरिचन्द्र खड्का तथा प्रमुखकार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीले सेयरधनीको जिज्ञासा मेट्ने काम गरेका थिए भने विभिन्न शेयरधनीहरुले सभामा प्रस्तुत भएको प्रतिवेदनउपर टिप्पणी गरेका थिए ।
हाल यो बैंकले देशभर ७२ वटा शाखाहरु, २२ वटा एटिएममार्फत सेवा उपलब्ध गराउँदै आएको छ ।


















