हृदयाघातका कारण कोरियामा एक नेपालीको मृत्यु

20

काठमाडौँ, ११ कात्तिक । दक्षिण कोरियामा हृदयाघातका कारण एक नेपालीको मृत्यु भएको छ । दोलखाको गौरीशङ्कर गाउँपालिका–९ का आङ्कामी शेर्पाको हृदयाघातका कारण मृत्यु भएको हो ।

हृदयघातका कारण अस्पताल भर्ना भएका ४३ वर्षीय शेर्पाको उपचारका क्रममा शुक्रबार निधन भएको जनाइएको छ । मृतक शेर्पा सन् २०१६ मा कोरिया प्रवेश गरी अवैधानिक बसोबास गर्दै आएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here