भारतीयलाई नागरिकता सिफारिस गर्ने वडा अध्यक्ष रहस्य खुलेपछि फरार

183

विराटनगर / भारतीय नागरिकलाई नेपाली नागरिकता बनाउन सिफारिस गरेको रहस्य खुलेपछि विराटनगर महानगरपालिका १ का वडा अध्यक्ष उद्धव (नानीबाबु) अर्याल फरार भएका छन् ।

एक बर्षको अवधीमा २ जना  भारतीय नागरिकलाई नेपाली नागरिकता बनाउन सिफारिस गरेको रहस्य खुलेपछि जिल्ला प्रशासन कार्यालय मोरङले वडाको सिफारिस छानविन गर्न निर्देशन दिएको थियो । मोरङ प्रहरीले किर्ते कागज बनाई बुबा बनेर नागरिकता बनाउन खोज्ने सत्यनारायण पोद्दारलाई पक्राउ गरेको थियो ।

पोद्दार पक्राउ परेपछि वडा अध्यक्ष अर्याल फरार भएका हुन् । पछिल्लो पटक एकसाता अघि जिल्ला प्रशासन कार्यालय मोरङले वडा कार्यालयको सिफारिसप्रति आशंका गर्दै प्रहरीलाई अनुसन्धान गर्न निर्देशन दिएको थियो । किर्ते जालसाँची गरेर विदेशीलाई नागरिकता दिलाउन खोजेको अभियोगमा पौद्दार पक्राउ परेपछि नागरिकता प्रमाणपत्र सिफारिस गर्ने वार्ड अध्यक्ष अर्याल, साँची बस्ने वार्ड सदस्य रमेश साह फरार भएका हुन् । वडा सचिव पुष्पा तिम्सिना पनि सम्पर्क बिहिन भएकी छन् ।

अर्याल विराटनगर महानगर कार्यपालिकाका प्रवक्ता पनि हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here