काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्य संख्या बढाउने प्रस्ताव पेश भएको छ। कांग्रेस केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय पदाधिकारी बैठकमा हाल कांग्रेसमा ८५ जना केन्द्रीय सदस्य रहने परिपाटीलाई परिवर्तन गर्दै विधान मस्यौदा समितिले केन्द्रीय सदस्य एक सय ४१ बनाउने प्रस्ताव सहितको प्रतिवेदन पेश गरेको हो।
विधान मस्यौदा समितिका संयोजक पूर्णबहादुर खड्काले केन्द्रीय समितिमा आफ्नो समितिको प्रतिवेदन पेश गरेका छन् । साथै प्रस्तावित विधानमा पदाधिकारीको संख्या बढाउने दुईवटा र घटाउने एउटा प्रस्ताव पनि समावेश छ। कांग्रेसको अर्को केन्द्रीय समिति बैठक मंसिर १३ गते बस्ने जनाइएको छ ।


















