प्रदिप-जसिताको ‘लभ स्टेशन’

268

उज्ज्वल घिमिरेद्धारा निर्देशित चलचित्र ‘लभ स्टेशन’ले प्रदर्शनको निम्ति यहि आउँदो चैत्रको अन्तिममा आउने चर्चा पनि चलि रहँदा चैत्रको १ गतेबाट रिलिज हुने पक्का भएको छ । नायक खड्काले अभिनय गरेको चलचित्रहरु सार्वजनिक बिदा पर्ने दिनमा रिलिज हुँदै आएका थिए । तर, यसपटक यसको निर्माणपक्षले धेरै निर्माताले ताक्ने मिति हेरेको छैन ।

नायक प्रदिप खड्का र नायिका जसिता गुरुङको चलचित्रमा मुख्य भूमिका छ । दार्जिलिङमा छायांकन गरिएको चलचित्रलाई गोविन्द शाहीले निर्माण गरेका हुन् । निर्देशकका अनुसार एक स्थानलाई लभ प्वाइन्टको रुपमा ब्याख्या गर्ने बताएका छन् ।

चलचित्रलाई म्यूजिकल लभ स्टोरी कथाको आधारमा निर्माण गरिएको छ । जसमा प्रदिप सांगीतिक क्षेत्रमा लागेको कलाकारको भूमिकामा देखिएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here