कार्यपालिका सदस्यको तलब दोब्बर

27

हेटौंडा/प्रदेश ३ सरकारले स्थानीय तहका कार्यपालिका सदस्यहरुको सेवा सुविधा दोब्बर बढाउने भएको छ ।

बिहीबार हेटौंडामा बसेको प्रदेश मन्त्रिपरिषदको बैठकले महानगरपालिका, उपमहानगरपालिका, नगरपालिका र गाउँ कार्यपालिका सदस्यहरुको सेवा सुविधालाई बढाउने निर्णय गरेको हो ।

अब महानगर कार्यपालिका सदस्यले मासिक १५ हजार, उपमहानगरकाले १३ हजार, नगरपालिकाकाले ११ हजार र गाउँपालिकाकाले ७ हजार रुपैयाँ पाउने भएका छन् । यसअघि महानगरका कार्यपालिका सदस्यले ८ हजार, उपमहानगरकाले ७ हजार ५ सय, नगरपालिकाकाले ७ हजार र गाउँपालिकाकाले ६ हजार रुपैयाँ पाउँदै आएका थिए ।

बैठकले नुवाकोटमा भएको सवारी दुर्घटनामा मृत्यूमा परेका परिवारहरुलाई राहत स्वरुप प्रदेश सरकारको तर्फबाट १र१ लाख रुपैयाँ दिने निर्णय पनि गरेको सरकारका प्रवक्ता आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेलले जानकारी दिनु भयो ।
बैठकले कृषिक्षेत्रको विकासका लागि ७ वटा कार्यविधि पारित गरेको मन्त्री ढुंगेलले बताए । कार्यविधि प्रदेशको भौगोलिक बनावट अनुसार भैंसीपालन, सामूहिक खेती, गाइपालन, चौरी पालन र बोका बाख्रा पालनका लागि बनाइएको प्रवक्ता ढुङ्गेलले बताए ।

बैठकले मुख्यमन्त्री डोरमणि पौडेलको राजनितिक सल्लाहकारमा नेकपाका नेता जगन्नाथ थपलियालाई नियुक्त गर्ने निर्णय गरेको छ । थपलिया तत्कालिन एमालेको चितवन जिल्ला पूर्वअध्यक्ष हुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here