रेल दुर्घटनामा तीनको मृत्यु, ६५० घाइते

285

एजेन्सी/दक्षिण अफ्रिकामा मङ्गलबार बिहान भएको रेल दुर्घटनामा परी कम्तीमा तीन व्यक्तिको मृत्यु हुनुको साथै अन्य ६२० जना घाइते भएका स्थानीय सञ्चार माध्यमले जानकारी दिएका छन् ।

दक्षिण अफ्रिकाको ग्रामीण इलाकामा रेल सेवा दिइरहेका दुई ओटा रेल एक आपसमा ठोक्किँदा यो दुर्घटना भएको बताइएको छ । दुबै रेल राज्यद्धारा सञ्चालित रहेको बताइएको छ । दुबै रेल एउटै लाइनमा यात्रा गरिरहेका थिए । प्रेटोरियाबाट मबोपानेतर्फ गहिरेको पहाडी इलाकामा पर्ने रेलवे स्टेशन प्रेटोरियामा सो दुर्घटना भएको थियो । दुबै रेलमा करिब ८०० व्यक्ति यात्रा गरिहेका र तीमध्ये दुर्घटनामा परी तीनको मृत्यु हुनुका साथै अन्य ६२० घाइते भएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here