ओली नेतृत्वको सरकारप्रति नारायण काजिको कडा अभिव्यक्ति

233

सिरहा – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले कम्युनिस्ट सरकारले नै देश समृद्ध बनाउने दाबी गर्दै  प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारलाई असफल हुने छुट नभएको जनाए ।

बुधबार सिरहाको कर्जन्हामा किसान नेता जय गोविन्द साहको २९ औं स्मृति सभामा बोल्दै नेता श्रेष्ठले सरकारलाई छुट नहुने जनाए । उनले भने, ‘यो सरकार असफल भयो भने नेपाल कम्युनिस्ट पार्टी मात्रै असफल हुँदैन्, नेपालको परिवर्तनको प्रक्रिया असफल हुन्छ,’ । ‘नेपाली राष्ट्रियतामाथि थप कुठारघात नहुन नदिन यो सरकारलाई असफल हुने छुट छैन ।’

‘संविधान कार्यान्वयनको प्रक्रियामा हुँदा आवश्यक परेका विषयमा संसोधन गर्न सकिन्छ,’ उनले भने, ‘हाम्रो राष्ट्रिय अखण्डतालाई टुक्र्याउन खोज्ने, देशलाई विखण्डन गर्न खोज्ने कुनै पनि तत्व र शक्ति सैह्य हुँदैन ।’ विखण्डनकारीविरुद्ध एकढिक्का हुनुपर्नेमा उनले जोड दिए । त्यसको नेतृत्व नेकपाले गर्ने उनको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here