एनसेल टावर बम विष्फोटमा घाइते एकको मृत्यु

127

काठमाडौँ, ललितपुरस्थित नक्खुमा रहेको एनसेलको टावरमा बम विष्फोट परि घाइते भएका एक जनाको मृत्यु भएको छ । घाइते सिंहप्रसाद गुरुङको उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुई जना घाइते प्रतिक्ष खड्का र आयुषा मानन्धरको उपचार भइरहेको र एक जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

शुक्रबार साँझ ७ः५५ बजे नक्खु चोक नजीकको एनसेल टावरमा अज्ञात समूहले बम विष्फोट गराएको थियो ।

शुक्रबार साँझ नै काठमाडौँको कमलपोखरीमा प्रेसर कुकर बम फेला परेको छ । कमलपोखरीस्थित आँगन रेष्टुरेन्टमा कालो झोलामा प्रेसर कुकर बम राखिएको अवस्थामा फेला परेको हो । उक्त बमलाई नेपाली सेनाको बम डिस्पोजल टोलीले निस्कृय बनाएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here