ओली–प्रचण्ड अब मन्त्रीहरु हटाउने र हेरफेर गर्ने तयारीमा

203

काठमाडौं / नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच सरकार फेरबदल गर्नेबारे गृहकार्य सुरु भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्षद्धयबीच भएको छलफलमा केही मन्त्रीहरु हटाउने र नयाँ मान्छे नियुक्ती गर्नेबारे दुई गम्भिर कुराकानी भएको स्रोतको दाबी छ ।

तत्काल संस्कृति, पर्यटन तथा नागरिक उड्यानमन्त्री रवीन्द्र अधिकारीलाई हटाउने निश्कर्षमा अध्यक्षद्धय पुगेको नेकपाका एक नेताले जानकारी दिए । रवीन्द्रको ठाउँमा सञ्चारमन्त्री गोकुल बाँस्कोटालाई लैजाने तयारी भएको छ ।

त्यस्तै, लालबाबु पण्डितलाई पनि हटाउनेबारे छलफल भएको बुझिएको छ । उता, संघीय समाजवादी फोरम नेपालका अध्यक्षसमेत रहेका उपप्रधानमन्त्री एवम् स्वास्थ्य मन्त्री उपेन्द्र यादवलाई स्वास्थ्यबाट परराष्ट्रमा ल्याउने तयारी भएको छ ।

परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीलाई सञ्चार मन्त्रालयमा लैजाने तयारी छ । अर्थमन्त्री डा। युवराज खतिवडालाई पनि हटाएर पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेलाई लैजाने ओली–प्रचण्डको तयारी गरेको आजको  रिपोर्टस नेपालमा समाचार उल्लेख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here