नयाँ नेपाल बनाउने कि देशमाथि खेलबाड गर्ने ? नेकपा प्रवक्ताको सहमतिप्रति आपत्ति

174

काठमाडौं /  नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता नारायणकाजी श्रेष्ठले नेपाल सरकार र ‘विखण्डनकारी’ सिके राउतबीच भएको सहमतिप्रति आपत्ति जनाउँदै देशको सार्वभौमिकता र अखण्डताकोविरुद्ध खुलम्खुल्ला विखण्डनकारी नारा र जुलुस किन र कसरी भइरहेको छ भन्दै आक्रोश पोखेका छन् ।

उनले सामाजिक सञ्जालमार्फत ट्वीट गर्दै प्रश्न गरेका छन ‘आज हाम्रो प्यारो देशको सार्वभौमिकता र अखण्डताकोविरुद्ध खुलम्खुल्ला विखण्डनकारी नारा र जुलुस कसरी र किन भैरहेछरु यो हद भयो,असह्य भयो। विखण्डनकारी गतिविधिको अन्त्यको निम्ति सम्झौता कि विखण्डनवादलाई वैधानिकता दिन भन्ने सवाल उठ्नै नपाउने गरी सरकारले तु कदम चाल्नु पर्छ। गम्भीर बनौँ।’

उनले ‘हाम्रो राजनीति देश, जनता, परिवर्तन, न्याय, सत्य र मुक्तिको निम्ति कि सत्ता-शक्ति, पद-प्रतिष्ठ-प्रचार र पैसा-सुविधाको निम्ति रु यतिवेला प्राप्त भएको अवसरलाई पक्रेर समृद्व नयाँ नेपाल बनाउने कि देशमाथि खेलबाड गर्ने गम्भीर आत्मसमीक्षा गरौं। राजनीति सफा गरौं, देश बचाऔं, देश बनाऔं।’

श्रेष्ठले अहिले पाएको अवसरलाई गुमाउनु नहुने जनाउँदै राजनीति सत्ता-शक्ति,पद-प्रतिष्ठा-प्रचार र पैसा-सुविधाको निम्ति नभई देश,जनता, परिवर्तन, न्याय, सत्य र मु्क्तिको लागि गर्नु पर्ने जनाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here