ट्याक्टरमा च्यापिएर चालकको मृत्यु

351

विराटनगर /  मोरङको बुढीगंगा गाउँपालिका ७ स्थित एसटीएल इँटा भट्टाभित्र ट्याक्टरमा च्यापिएर आज दिउँसो चालकको मृत्यु भएको छ। बालुवा बोकेको को २ त ५१४ नम्बरको ट्याक्टरको डाला र इन्जिनको भागले च्यापिएर चालक भोजपुर हतुवागढी गाउँपालिका ९ हसनपुरका २५ वर्षीय भरत राईको मृत्यु भएको हो।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी घनश्याम श्रेष्ठका अनुसार इँटा भट्टाभित्र कम्पाउण्डवाल बनाउन बालुवा लिएर गएको ट्याक्टर उकालो जाने क्रममा ब्याक हुँदा अगाडिको इन्जिनको भाग उचालिएर दुर्घटना भएको हो। उचालिएको इन्जिनको भाग र डालाले च्यापेर चालक राई घाइते भएका थिए। गम्भीर घाइते राईको उपचारका क्रममा विराटनगरको नोबेल शिक्षण अस्पतालमा मृत्यु भएको डीएसपी श्रेष्ठले जानकारी दिए । शव पोस्टमार्टमका लागि कोसी अस्पतालमा राखेर घटनाको अनुसन्धान सुरु गरिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here