संसदमा राजपा सांसदहरुको विरोध ! प्रतिवेदन सार्वजनिक नगरेसम्म संसदको कारबाही चल्न नदिने चेतावनी

94

काठमाडौं  / राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)ले आज बुधबार संसदको बैठक अवरुद्ध गरेको छ ।

बैठक सुरु भए लगतै राजपा सांसदहरुले टीकापुर घटनाको छानवि गर्न गठित आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै संसद उठेर विरोध गरेका थिए ।

सभामुख कृष्णबहादुर महराले राजपाका सांसदहरुले संसदमा विरोध जनाएपछि राजकिशोर यादवलाई बोल्न समय दिए । यादवले लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्नुपर्ने माग गरेका थिए । सरकारले जबसम्म प्रतिवेदन सार्वजनिक गर्दैन तबसम्म संसदको कारबाही चल्न नदिने यादवले जनाए ।

उक्त प्रतिवेदन सार्वजनिक गर्न पटक पटक माग गर्दा पनि सरकारले आवश्यकता महसुस भयो भने सार्वजनिक गर्ने भन्नेजस्तो स्वेच्छाचारी अभिव्यक्ति दिएको भन्दै आक्रोश व्यक्त गरे ।

सरकारले मधेस तथा थहरुट आन्दोलनमा भएका घटनाबारे छानविन गर्न सर्वोच्चका पूर्वन्यायाधीश गिरिशचन्द्र लालको नेतृत्वमा आयोग बनाएको थियो । तर, आयोगले प्रतिवेदन बुझाएको लामो समयसम्म सार्वजनिक गरेको छैन ।

सभामुख महराले राजपाले उठाएको प्रश्नको विषयमा संसदले सरकारको ध्यानाकर्षण गराइसकेको र गृहमन्त्रीले संसदमै जवाफ दिएको भन्दै अवरुद्ध नगर्न आग्रह गरेका थिए तर राजपा सांसदहरु उठिरहेपछि बैठक १० मिनेटका लागि स्थगित गरिएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here