नेपाल कम्युनिष्ट पार्टी ‘विप्लव’ लाई प्रतिवन्ध फिर्ता गर्न बद्रि पंगेनीको माग

227

काठमाडौं / गायक बद्री पंगेनीले नेपाल कम्युनिष्ट पार्टी ‘विप्लव’ माथि सरकारले लगाएको प्रतिवन्ध तत्काल फिर्ता गर्न माग गरेको छ । द्धन्द्धबाट अहिलेसम्म विश्वमा शान्ति र स्थिरता नभएको उल्लेख गर्दै गायक पंगेनीले विप्लवलाई जवर्जस्ती युद्धमा नधकेल्न सरकारसँग अनुरोध गरेका छन् ।

गायक पंगेनीले ध्वंश र विनासबाट मुलुक नबन्ने भन्दै अब देशले बम र बारुदको गन्ध सहन नसक्ने बताए । मुलुकलाई नै विखण्डन गर्ने क्रियाकलाप सञ्चालन गरिहेका सिके राउतलाई आलिङगमनमा बाँधेर देश भक्त विप्लवलाई प्रतिवन्ध लगाउन शोभा नदिने पंगेनीको भनाई छ । तर, त्यसबाट युद्ध रोकिएका थिएन । त्यसकारण सरकारमा पदाशिनहरुले समयमै आँखा खोल्नुपर्छ ।’ यिनै कुराहरुलाई समेटेर गायक पंगेनीले कवितात्मक शैलीमा स्टाटस लेखेका छन् ।

द्धन्द्धबाट अहिलसेसम्म कुन देश बन्या छ र ?
विप्लवको प्रतिवन्ध तत्काल फिर्ता गर ।

ध्वंश अनि बिनास होइन, बिकास निर्माण रोजौं
वार्ता अनि संवादबाटै सहमति खाजौं

अब देशले सहदैन बाम बारुद्धको गन्ध
तिमिलाई पनि लागेकै हो हिजो प्रतिबन्ध

हिजोकै पाठ पढेर नि खोल्नु पर्छ आँखा,
सिके दाइलाइ अंगालोमा बिप्लव किन पाखा ?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here