बाँके / नेकपा (क्रान्तिकारी माओवादी) समर्थित देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपाल प्रदेश पाँचको प्रथम सम्मेलनको आयोजना गरेको छ ।
आज बाँके नेपालगञ्जको त्रिभुवन चोक स्थित पूर्वतर्फ (चोकमा) मोर्चाले सम्मेलन उद्घाटन कार्यक्रमको आयोजना गरेको हो । आयोजकका अनुसार उक्त कार्यक्रमको मोर्चाका केन्द्रीय सचिव परि थापाद्धारा समुद्घाटन हुने भएको छ ।
आयोजकका अनुसार सम्मेलनका लागि प्रमुख अथिति, लगायत अधिकांश अतिथिहरु विभिन्न क्षेत्रबाट नेपालगञ्जमा पुगिसकेका छन भने केही पुग्ने त्रम जारी रहेको बताइएको छ । त्यस्तै कार्यक्रमका सहभागि, प्रतिनिधि, प्रवेक्षकहरु लगायत समेत आउँने क्रम जारी रहेको जनाइएको छ ।
प्रदेश नम्बर पाँच अन्तर्गतका सबै जिल्लाहरुमा भेला तथा सम्मेलनहरु सम्पन्न भैसकेको भन्दै मोर्चाले प्रदेश सम्मेलनका लागि सबै जिल्लाहरुबाट प्रतिनिधिहरुको सहभागिता हुने जनाएको छ । आयोजकका अनुसार केही टाढाका जिल्लाहरुबाट मानिसहरु नेपालगञ्ज पुगिसकेका छन भने, केही पुग्ने क्रममा रहेका छन ।
मोर्चाका नेताहरुले उक्त सम्मेलनको लागि प्रदेशभरीबाट पाँच सय भन्दा बढि मानिसहरुको सहभागिता हुने बताएका छन । सम्मेलनको लागि बाँके आसपासका केही जिल्लाहरुबाट भने गाउँहरुबाट बसमा मानिसहरु नारासहित आउँने क्रम रहेको जनाइएको छ ।
क्रान्तिकारी माओवादीका केन्द्रीय सदस्य तथा बाँके बर्दिया इन्चार्ज संकुल शर्माका अनुसार गाउँ बस्तीहरुबाट मोर्चाका समर्थक, सुभेच्छुक मानिसहरुलाई ल्याउनका लागि बर्दिया र बाँकेमा पाँच वटा ठूला गाडीहरु र केही साना गाडीहरु तथा अन्य निजि सवारीका साधनहरुको परिचालन गरिएको छ ।
`संघीय जनगणतन्त्र स्थापनाका लागि देजमो नेपालको आन्दोलन, जनतन्त्र, जनजीविका र राष्ट्रिय स्वाधिनताका पक्षमा प्रथम प्रदेश सम्मेलन’ भन्ने मूल नाराका साथ प्रदेश नम्बर चारमा देशभक्त जनगणतान्त्रिक मोर्चा, नेपालको प्रदेश सम्मेलनको तयारी भैरहेको छ ।
मोर्चाको प्रथम प्रदेश सम्मेलन पोखरामा यहि ८ गते हुने भएको छ ।

















