मुद्दा पनि कस्ता—कस्ता सुन्दै पनि आश्चर्य लाग्दा ! अष्ट्रेलियामा एउटा यस्तै अनौठो मुद्दाको घटना घटेको छ जुन घटना यस अघि सुनिएको र कहिल्यै भएको थिएन छ । अष्ट्रेलियास्थित मेलबर्नमा एकजना व्यक्तिले झण्डै २० करोड रुपैयाँ बराबरको रकम क्षतिपूर्ति माग गर्दै आफ्नै सहकर्मी विरुद्ध मुद्दा हालेका छन् । यसरी मुद्दा हाल्नुको कारण रहेको छ, ती सहकर्मीले मलद्धारबाट दुर्गन्धित बायु छोडेको आरोप ।
पेशाले निर्माण इन्जिनियर भएका उक्त व्यक्तिको आरोप छ कि उनका आरोपित सहकर्मी हरेक दिन कार्यालय समयमा उनको कोठामा पटक पटक आएर दुर्गन्धित बायु छोड्ने गर्दछन् । बारम्बार दुर्गन्धित बायु छोड्नाले कोठामा दुर्गन्ध फैलिइ, काम गर्नै गाह्रो भएकोले र आफु प्रताडित भएकोले मुद्दा दायर गर्नुपरेको उनको जिकिर छ । सोहि कारण अफिसमा काम गर्ने वातावरण नै नरहेको उनको भनाई छ ।
सहकर्मीको यस्तो घृणित बानीका कारण आफु व्यक्तिगत रुपमा पीडित भएका कार्यालयका हाकिमसँग गुनासो गर्दा पनि समस्याको सुनुवाई नभएको र समाधानको अरु बाटो नदेखेपछि अदालतको ढोका ढक्ढकाउनुपरेको उनको भनाई छ । डेभिड नामका ती ५६ वर्षीय इन्जिनियरले पदुवा सहकर्मीविरुद्ध १८ लाख डलर क्षतिपूर्तिको माग गरेका छन् । दिनमा ५–६ पटक ती सहकर्मी आफ्नो कोठामा आउने र कोठा दुर्गन्धित बनाएर जाने गरेको भन्दै उनले त्यसपछि हुने दुर्गन्धलाई कम गर्न आफुले कोठामा सेन्ट छर्किने गरेको जनाएका छन् ।


















