कांग्रेस नेताले राहतमा दिने भए १० लाख

83

जनकपुरधाम / नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले बारा र पर्साको हावाहुरी प्रभावितहरुलाई १० लाख नगद सहयोग गर्ने घोषणा गरेको छ। हावाहुरीबाट भएको धनजनको क्षतिबारे जानकारी लिन बारा पुगेका निधिले यस्तो घोषणा गरेका हुन्।

भीषण हावाहुरीका कारण उत्पत्र परिस्थितिबारे जानकारी लिन कांग्रेस उपसभापति निधि काठमाडौंबाट सोमबार दिउँसो बारा पुगेका थिए ।

निधिसहित नेपाली कांग्रेस प्रदेश २ का संसदीय दलका नेता रामसरोज यादव, केन्द्रीय सदस्य आनन्दप्रसाद ढुंगानालगायतका नेताहरु प्रभावित क्षेत्र बाराका पुरैनिया, फुलबरिया, भलुइ, भरवलिया, धर्मनगरलगायतका गाउँ पुगेर पीडित परिवारसँग भेटघाट गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here