धेरै मानिसहरूलाई निद्रा नलाग्ने समस्याले सताएको हुन सक्छ । शोधकर्ताहरूको अनुसार यदि निद्रा नलाग्ने समस्या हटाउनु छ भने सुत्नुअघि गाईको दूध अनिवार्य रूपमा सेवन गर्नुपर्छ ।
दक्षिण कोरियाको इम्युंग रिसर्च इन्स्टिच्युट फर न्युरोसाइन्सका शोधकर्ताहरूले गाईको दूधमा ट्रिप्टोफ्यान र मेलाटोनिन नामक तत्वहरू पर्याप्त मात्रामा पाइने भएकाले ती तत्वहरूका कारण मानिसमा निद्रा पर्ने तथ्य पत्ता लगाएका हुन् ।


















