राजा ज्ञानेन्द्रले ल्याउन खोजेको मिडिया काउन्सिल ओली सरकारले ल्याउने तयारी गर्दै

36

काठमाडौं / सरकारले संसद्मा हालै दर्ता गरेको ‘मिडिया काउन्सिल सम्बन्धी ऐनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक’ राजा ज्ञानेन्द्रको शासनकालमै लागू गर्न प्रयास गरिएको पाइएको छ ।

मिडिया काउन्सिलको अवधारणा ६२ साल असोज २३ गतेको राजपत्रमै प्रकाशित भएको थियो । राजपत्रमा प्रकाशित प्रावधान अनुसार अहिले ओली सरकारले ल्याउने तयारी गर्दै गरेको मिडिया काउन्सिलको अवधारणामा भन्दा दश गुणा कम सजाय हुने व्यवस्था गरिएको छ । ओली सरकारले पत्रकारलाई १० लाखसम्म जरिवाना गर्न सकिने प्रावधान मिडिया काउन्सिलमा उल्लेख छ भने राजतन्त्रकालको राजपत्रमा प्रकाशित मिडिया काउन्सिलबारेको व्यवस्थामा दश हजारसम्म जरिवाना गर्न सकिने उल्ल्ेख छ ।

यस विधेयकमा पत्रिका र पत्रकारलाई गरिने सजाय राजाको शासनकालमा भन्दा कठोर देखिएको स्पष्ट हुुुन्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here