विम्बल्डन टेनिस रद्द

102

एजेन्सी-  बेलायतमा आगामी जुन अन्तिम सातादेखि हुने तय विम्बल्डन टेनिस प्रतियोगिता रद्द गरिएको छ।

विश्वभर महामारीको रुपमा फैलिरहेको कोरोनाभाइरसका कारण वर्षको तेस्रो ग्रान्डस्लाम टेनिस प्रतियोगिता विम्बल्डन रद्द भएको हो।

दोस्रो विश्वयुद्ध पछि विम्बल्डन रद्द गरिएको यो पहिलो पटक हो।  सिजनको विम्बल्डन जुन २९ मा सुरु भएर १२ जुलाई सकिने तय थियो।

गत वर्ष पुरुष एकलमा नोभाक जोकोविच र महिला एकलमा सिमोना हलेप च्याम्पियन बनेका थिए।

विम्बल्डनसँगै बेलायतका सबै ग्रास कोर्टमा खेलिने प्रतियोगिता स्थगित भएका छन्। अब जुलाई १३ सम्म कुनै पनि व्यावसायिक टेनिस प्रतियोगिता हुने छैनन्।

कोरोनाका कारण प्रभावित हुने विम्बल्डन पछिल्लो प्रतियोगिता हो। यसअघि युरो २०२० र टोकियो ओलम्पिक एक वर्ष पछि सारिएको थियो।  त्यस्तै मेमा हुने तय फ्रेन्च ओपन पनि सेप्टेम्बरसम्म स्थगित गरिएको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here