घमन्डी बन्नु पर्ने रहस्य यस्ता छन्

165

प्रत्येक समाज र संस्कारले यी शब्दलाई तिरस्कार गर्छ । हामी बाल्यकालदेखि नै विनम्र हुन सिक्छौं । आफ्ना बालबच्चालाई पनि विनम्र बन्न सिकाउछौं । बेलायती लेखिका जन अस्टेनले यस विषयमा प्राइड एन्ड प्रिज्युडिस उपन्यास समेत लेखेकी छन् । जमिन्दार मिस्टर डर्सीले प्रेमीका एलिजाबेथ बेनेट पाउनका लागि आफ्नो घमन्ड त्याग्न परेको थियो ।

मनोवैज्ञानिकका अनुसार घमन्ड हुनु भनेको हाम्रो संस्कारले भनेको जस्तो त्यति धेरै खराब र चिन्ताको विषय पनि नभएको बताउछन् ।  पछिल्ला केही समयमा भएका अध्ययन तथा अनुसन्धानले मानिसमा भएको अहंकारले उसको व्यक्तित्व विकासमा ठूलो भूमिका खेल्ने बताउँछ । अभिमान  भनेको आफ्नो शक्तिको प्रभावलाई कायम राख्ने गरी अरुसँग सम्बन्ध बनाउनुलाई बुझिन्छ । हरेक समयमा आफ्नो स्थान उच्च भएको अनुभूति गर्नु अभिमान हो ।

ब्रिटिश कोलम्बिया युनिभर्सिटीका मनोवैज्ञानिक जेसिका ट्रेसीले ‘प्राइडः द सेक्रेट अफ सक्सेस’ मा अभिमान र अहंकारका कारण मानिसले धेरै प्रगति गरेका छन्, यो प्राचीन समयदेखि नै अस्तित्वमा रहेको र प्रयोग हुँदै आएको प्रसंग उल्लेख गरेकी छन् । हामी आफ्नो प्रगतिमा गर्व गर्छौ, यसबाट सामाजिक फाइदा पनि हुने मनोवैज्ञानिकहरुको तर्क छ ।

क्यालिफोर्निया युनिभर्सिटीका लेडा कस्माइड्स भन्छन् ‘जब मानिस आफ्नो परिश्रमबाट केही कमाउँछ र घमन्ड गर्छ, त्यो समयमा आफ्नो कामबाट सबैलाई फाइदा पुगेको संकेत गर्न जरुरी रहेको जनाउँछ । लेडाको अध्ययनअनुसार मानिसले कुनै अत्यन्त ठूलो समस्याग्रस्त विषयलाई समाधान गर्छ र आफू छुट्टै खुबी भएको प्रदर्शन गर्छ त्यो बेला स्वभाविक रुपमा मानिसमा अहंकार उत्पन्न हुने  जनाउँछ ।

क्यानडाका म्यान्ट्रियल युनिभर्सिटीका मनोवैज्ञानिक डेनियल स्नाइसरले घमन्डका कारण मानिस सफलता प्राप्त गर्ने बताएका छन् । मानिसमा घमन्ड भएन भने उसको कार्यक्षमता समेत अन्यलाई जानकारी हुँदैन, त्यसका कारण हामीमा घमन्ड हुनु जरुरी भएको मनोविदहरु जनाउँछन् ।

२०१७ मा यो विषयमा बृहत अनुसन्धान भएको थियो । यसमा लेडा कस्माइड्स र डेनियल स्नाइसरले अन्य मनोवैज्ञानिकसँग मिलेर उक्त अनुसन्धान गरेका थिए । अमेरिका, जापान लगायतका १६ देशका मानिसहरुलाई छनोट गरी अनुसन्धान गरिएको थियो ।

अनुसन्धानबाट मानिसहरुले अहंकार, घमन्डलाई मानिसको जीवनमा एउटा राम्रो पक्षको रुपमा लिने गरेको पत्ता लाग्यो । डेनियल स्नाइसरले अभिमान महत्वपूर्ण विषय रहेको जनाउँछन् ।

अमेरिकाको इलिनय युनिभर्सिटीका जोई चेंगले मानिसमा रहेको अहमताले सधै सफल बनाउने विश्वास रहेको बताएका थिए । तर घमन्ड र अहमतालाई समाजमा नकारात्मक रुपमा व्याख्या गर्ने गरिन्छ । लेडा कस्माइड र डेनियल स्नाइसरले आफ्नो क्षमता, सफलताप्रति गर्व गर्नु सकारात्मक भएपनि अहंकारी हुनु राम्रो नभएको उल्लेख गर्छन् ।

जेसिका ट्रेसीले गर्व र अहंकारलाई बुझ्न जरुरी रहेको बताउँछिन् । आफ्नो सफलता र क्षमताप्रति खुशी हुनु स्वभाविक हो तर उक्त सफलतालाई शक्तिको रुपमा प्रयोग गर्न सुरु गरियो भने यसले समस्या निम्त्याउने गर्छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here