स्मार्टफोनको ब्याट्रीको आयु बढाउने सहि तरिका

239

आजकल स्मार्टफोनको ब्याट्री निकालेर परिवर्तन गर्न मिल्दैन । लगभग सबै स्मार्टफोनका ब्याट्रीहरू सिल गरिएका हुन्छन् र प्रयोगकर्ताले सजिलैसँगै निकालेर परिवर्तन गर्न नमिल्ने हुन्छ । तसर्थ सिल गरिएका ब्याट्रीहरू परिवर्तन गर्दा महंगो हुन्छ । त्यसैले नै स्मार्टफोनको प्रयोग आयु बढाउनका लागि प्रयोगकर्ता सतर्क हुनु आवश्यक छ । ब्याट्रीको प्रयोग आयुले उक्त ब्याट्री कति महिना वा वर्षसम्म राम्रो सँग प्रयोग गर्न सकिन्छ भन्ने कुरा जनाउछ ।

१. सहि चार्जरको प्रयोग गर्नुहोस्

सहि चार्जरको प्रयोग नगरेमा ब्याट्री मात्र हैन तपाईंको स्मार्टफोन नै पूर्ण रुपमा बिग्रने सम्भावना हुने गर्दछ । खरिदको समयमा स्मार्टफोन मै आएको र स्मार्टफोन निर्माताले बनाएको चार्जर प्रयोग गर्नु उचित हुन्छ । अन्य कुनै चार्जर प्रयोग गर्नु परेको खण्डमा पनि उक्त चार्जरको एम्पियर र भोल्ट सहि छ छैन चेकजाँच गर्नु पर्दछ । बिग्रिएको वा भोल्ट र एम्पियर नमिलेको चार्जरले चार्ज गर्दा ब्याट्रीको प्रयोग आयु निकै नै घटेर आउछ । ब्याट्रीको प्रयोग आयु घट्नुको साथै ब्याट्री नै पड्किने जस्ता अवस्था पनि सिर्जना हुने भएकाले सहि चार्जरको प्रयोग गर्नुहोस् ।

२. चार्ज गरेर स्मार्टफोन चलाउन बन्द गर्नुहोस्

चार्ज गर्दै स्मार्टफोन चलाउँदा ब्याट्री खराब हुने गर्दछ । यसमा पावर बैंक र भित्ते प्लगमा जोडिएको चार्जर दुवै पर्छन । चार्ज गर्दै स्मार्टफोन चलाउने बेलामा स्मार्टफोन र ब्याट्रीमा निकै धेरै ताप पैदा हुन्छ । लिथियम आयन ब्याट्रीका लागि उक्त ताप राम्रो हुँदैन । लिथियम आयन ब्याट्रीले उच्च तापमा चार्ज गुमाउने गर्छन् । त्यस कारण चार्जको समयमा स्मार्टफोन चलाउँदा उक्त स्मार्टफोनको ब्याट्रीको प्रयोग आयु निकै धेरै घट्न जान्छ । पूर्ण रुपमा चार्ज भएपनि नभए पनि स्मार्टफोनलाई चार्जरबाट निकालेर प्रयोग गर्नु नै उचित हुन्छ ।

३. छिटो हुने चार्जरले ब्याट्रीको प्रयोग आयु घटाउछ

हालै नयाँ स्मार्टफोनमा आएको निकै महत्वपूर्ण फिचर हो छिटो चार्ज हुने । छिटो हुने चार्जले स्मार्टफोनको ब्याट्रीलाई साधारण चार्जरको तुलनामा निकै कम समय मै फुलचार्ज गर्न सक्छ । छिटो चार्ज हुनेले चार्जरले गर्दा साधारणभन्दा उच्च मात्रामा चार्जहरू ब्याट्रीमा पठाउन सुरु गर्छ । धेरै मात्रामा चार्ज पठाउनका लागि भोल्टेज कि त एम्पियरमा परिवर्तन गर्नु परेको हुन्छ । उक्त उच्च भोल्टेज र एम्पियरले ब्याट्रीलाई धेरै स्ट्रेस दिन्छ र ताप पनि सामान्यभन्दा धेरै पैदा गर्छ जसले गर्दा ब्याट्रीको सरदर प्रयोग आयु घट्न जान्छ । नयाँ र फ्ल्याग्शिप स्मार्टफोनहरूमा चार्ज साइकल धेरै भएको ब्याट्रीहरू राखिएका हुन्छन् जसले छिटो हुने चार्जबाट हुने असरलाई केहि हदसम्म कम गर्छ ।

४। बारम्बार शून्य प्रतिशत हुन नदिनुहोस्

स्मार्टफोनको ब्याट्रीलाई बारम्बार शून्य प्रतिशत हुन दिनु राम्रो हुँदैन । ब्याट्रीको प्रयोग आयुलाई उन्नत राख्नको लागि ब्याट्रीलाई अधिकतम् ८०% प्रतिशत र न्यूनतम २०५ सम्म हुन दिनु राम्रो ठहरिन्छ । शून्य प्रतिशतसम्म ब्याट्रीलाई प्रयोगमा ल्याउँदा उक्त ब्याट्रीमा भएका लिथियम आयनका चार्जहरू घट्न थाल्छ । १०० प्रतिशतसम्म चार्ज गर्दा पनि यस्तो समस्या देखिन सक्छ तर आजभोलिका स्मार्टफोनहरूमा ओभरचार्ज अर्थात् आवश्यकभन्दा बढी चार्जबाट हुने हानिबाट बचाउनका लागि विशेष प्रविधिको प्रयोग गरिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here