बलिउड सुपर स्टार सलमान खानले फेरी पनि एकपटक आफुलाई सुपर स्टारको रुपमा प्रमाणित गर्न सफल भएका छन् ।
बुधवारदेखि रिलिज भएको चलचित्र ‘भारत’ले बक्स अफिसमा कीर्तिमानी ओपनिङ गर्न सफल भयो । बलिउड ट्रेड एनालिस्ट तरण आदर्शका अनुसार घरेलु बक्सअफिसमा ४२.३० करोड रुपैयाँ हात पार्न सफल भएको छ ।
इदको विदाको अवसर पारेर रिलिज भएको यस चलचित्रलाई लकले पनि साथ दिएको हुनुपर्छ ।

















