काठमाडौं – एमसीसी परियोजनाबारे छलफल गर्न नेकपा सचिवालयको बैठक आज बस्दै छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बैठक अपराह्न चार बजे बस्ने छ । सम्भवतः आजको बैठकबाट एमसीसीबारे टुंगो लगाउने नेकपाको तयारी छ ।
बैठकमा एमसीसी कार्यदलका सदस्यद्वय भिम रावल र परराष्ट्र मन्त्री प्रदीप ज्ञवालीका साथै अर्थमन्त्री डा. युवराज खतिवडालाई पनि आमन्त्रित सदस्यको रुपमा बोलाइएको छ । यसअघिको बैठकमा पनि रावल, ज्ञवाली र खतिवडालाई बोलाएर एमसीसीबारे नेकपाले छलफल गरेको थियो ।
संसदको यसै अधिवेशनबाट एमसीसी पारित गर्ने कि नगर्ने भनेर टुङ्गो लगाउन नेकपामाथि दबाव छ । पार्टीभित्र एमसीसी पारित गर्न नहुने पक्ष हाबी छ । पार्टीले गठन गरेको कार्यदलले एमसीसी जस्ताको त्यस्तै पारित गर्न नहुने सुझाव दिएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली पछिल्लो समय एमसीसी पारित गराउन जोडबल नगर्ने पक्षमा रहेको जनाउँदै आएका छन् ।- फाइल फोटाे


















