हत्या गरी फरार रहेका व्यक्ति १९ बर्ष पछि पक्राउ

126

काठमाडौं / १९ वर्षअघि भएको एक हत्याकाण्ड अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ। केन्द्रीय अनुसन्धान ब्युरोले भक्तपुरका विजयश्वरी प्रजापतिको हत्यामा संलग्न भएको भन्दै देविरमण अधिकारीलाई पक्राउ गरेको हो।

सोमबार पत्रकार सम्मेलन गर्दै सिआइबी प्रमुख निरज शाहीले भारतमा लुकीछिपी बस्दै आएका अधिकारीलाई आइतबार भैरहवाबाट पक्राउ गरिएको जानकारी दिए। २०५७ असार ८ गते देविरमणले विजयश्वरीको हत्या गरेका थिए। उनी विजयश्वरीको घरमा कामदार थिए। मासिक १५ सय तलब दिने भनेर काममा लगाइएका उनले सात महिनासम्म तलब पाएका थिएनन्।

तलब माग्दा नदिएपछि देविरमणले भान्सामा विजयश्वरीको हत्या गरेका थिए। हत्यापछि उनी भागेर भारत गएको त्यहाँ नाम परिवर्तन गरेर प्रकाश अधिकारी बनेको प्रहरी अनुसन्धानमा देखिएको छ। परिवारले उनी भाग्दा ८ तोला सुन र ६ हजार रूपैयाँ पनि लिएर गएको दाबी गरेको थियो। यो बीचमा देविरमण चार पटक नेपाल आए पनि प्रहरीबाट उम्किन सफल भएका थिए। अधिकारीमाथि थप कानुनी कारबाहीका लागि महानगरीय प्रहरी वृत्त जगाती पठाइएको सिबिआईले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here