काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओली युरोप भ्रमणमा गएको पाँच दिनपछि बुधबार मात्रै संसदलाई जानकारी गराइएको छ। प्रधानमन्त्री ओली शनिबार युरोप भ्रमणका लागि निस्किएका थिए।
प्रतिनिधिसभाको बुधबारको बैठकको विशेष समयमा प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले पाँच दिनपछि जानकारी गराइएकोप्रति आपत्ति जनाएको छ। कांग्रेसले विरोध जनाउँदै पाँच दिनसम्म सरकार कसले सञ्चालन गरेको छ भन्दै प्रश्न गरेको छ ।
कांग्रेस सांसद पुष्पा भुषालले भनिन,‘प्रधानमन्त्री युरोप भ्रमणमा जाँदा कुन उद्देश्यका लागि जानुहुन्छ ? त्यसबारे किन जानकारी गराइएन ? किन संसदलाई गुमराहमा राखियो ? पाँच दिनसम्म सरकार कसले चलाएको छ ?


















