काठमाडौं / रवीन्द्र समीरको नयाँ उपन्यास ‘मृत्युको आयु’ सार्वजनिक भएको छ। उपन्यामा वैदेशिक रोजगारीका लागि खाडी मुलक गएको युवाको कथा समेटेको छ। कथा पात्रको मृत्युपश्चात् उसको आत्माको दृष्टिकोणबाट लेखिएको छ।
‘कृतिले वैदैशिक रोजगारीमा जानेहरुको कारूणिक कहरलाई काल्पनिक भाषामा प्रस्तुत गरेको छु, लेखक रवीन्द्रले भने। उनले पुस्तक स्वेरकाल्पनि शैलीमा लेखेका छन्।
पुस्तकबारे आख्यानकार नयनराज पाण्डेले, ‘खास किसिमको फम्र्याटमा आइरहेको नेपाली आख्यान क्षेत्रमा मृत्युको आयु फरक खालको कथावाचन शैलीमा प्रस्तुत भएको छ। रेमिट्यान्सको भरमा टिकिरहेको नेपाली अर्थतन्त्र र त्यसले व्यक्ति, परिवार र समाजमा पारिरहेको भयावह प्रभावको सशक्त एवम् मार्मिक चित्रणले उपन्यासलाई समकालीन समस्यासित जोड्छ।’ उपन्यासमा एक सय ६६ वटा लघुकथाको संयोजन रहेको लेखकको दाबी छ।
समीरको यसअघि आठ ओटा लघुकथा सङ्ग्रह, एकएक ओटा मुस्तक सङ्ग्रह, नियात्रा सङ्ग्रह र संस्मरण प्रकाशित छन्। मृत्युको आयु उनको बाह्रौं साहित्यिक कृति हो। उनले पद्मश्री साहित्य पुरस्कार, उत्तमशान्ति पुरस्कार, युवा वर्ष मोती पुरस्कार, अनेसास उत्कृष्ट पुरस्कारलयायत थुप्रै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कार एवम् सम्मान प्राप्त गरेका छन्।


















