अस्पतालबाट नवजात शिशु चोर्ने महिला पक्राउ

70

बुटवल- पाल्पाको लुम्बिनी मेडिकल कलेजबाट नवजात शिशु चोर्ने महिलालाई प्रहरीले पक्राउ गरेको छ ।

शुक्रबार दिउँसो ३ बजे तानसेन ९ मदनपोखराकी जमुना रानाको बच्चा चोरेर फरार रहेकी महिलालाई स्याङ्जाको कालीगण्डकी गाउँपालिबाट नियन्त्रणमा लिइएको हो ।

शिशु चोरीमा संलग्न महिलाको परिचय भने खुलाइएको छैन । उनीमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक कृष्णराज सापकोटाले जनाए । सापकोटाका अनुसार महिलाले चोरेर लगेको बच्चाको अवस्था सामान्य छ ।

चार दिनदेखि सुत्केरी वार्डमा रहेकी जमुनाकी आमालाई सहयोग गर्ने बहाना बनाएर अस्पतालबाटै महिलाले बच्चा लिएर फरार भएकी थिइन् । त्यसबेलामा सुत्केरी जमुना भने अचेत अबसथामा थिइन् ।

बच्चा हराउनेवित्तिकै सिद्धार्थ राजमार्गका नाका र आसपासका जिल्लामा प्रहरीले खोजी थालेको थियो । सिसिटिभी फुटेजको आधारमा महिलाको हुलिया पत्ता लगाएर पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here