बाढीपीडितको उद्धारमा जुट्न कार्यकर्तालाई नेकपा विप्लवको निर्देशन

58

काठमाडौं- नेकपाका महासचिव विप्लवले देशैभरी भएको अविरल बर्षा र पहिरोबाट डुवानमा परेका जनताको उद्धारमा जुट्न पार्टी कार्यकर्ता लाई निर्देशन दिएका छन् ।

बाढी र पहिरोले देशमा ठूलो जनधनको क्षति भएको र प्राकृतिक प्रकोपमा परी ज्यान गुमाएका सबै नागरिकहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दै नेकपाका महासचिवले हिजो शनिवार एक विज्ञप्ति जारी गरी सम्पूर्ण पिडितपक्ष लाई सहयोग र उद्धार गर्न कुनै कसुर बाकी नराख्न पार्टीकमिटी लाई निर्देशन दिएका छन् ।

उक्त विज्ञप्तिमा भनेका छन्, ‘बिहीबारदेखि देशभरी भएको अविरल बर्षा, बाढी, पहिरो र डुवानका कारण देशमा ठूलो जनधनको क्षतिभएको छ । प्रकृति माथिको अराजक, अनियन्त्रित दोहन, राज्यको पुर्व तयारीको अभाव, भारतसँग भएका असमान सन्धि सम्झौता, नेपाल भारत सीमानामा बनेका बाँध, तटबन्धन र अन्तर्राष्ट्रिय कानून विपरित नेपाल भारत सीमाना सँग टाँसिएर बनाइएका विशाल सडकहरु, गरिब श्रमिक जनताको जोखिमपूर्ण बसाई गर्नुपर्ने बाध्यताका कारण प्राकृतिक प्रकोपमा परी गरीब जनताले ठूलो जनधनको क्षति व्यहोर्न परेको छ ।

हाम्रो पार्टी प्राकृतिक प्रकोपमा परी ज्यान गुमाउनु भएका सबै नागरिकहरुप्रति श्रद्धाञ्जली अर्पण गर्दछ र पीडित परिवारजनप्रति सहानुभूति व्यक्त गर्दछ । मृतकका परिवारलाई अल्पकालीन, दिर्घकालीन, क्षतिको उचित राहत उपलब्ध गराउन र घरबास गुमेकोलाई बास र रोजगारी व्यवस्था गर्न सम्बन्धित निकायसँग माग गर्दछ । साथै सम्पूर्ण पार्टी पंक्तिलाई राहत र उद्दारमा जुट्न निर्देशन गर्दछ ।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here