१२ घन्टामै पुल तयार , याे हाे काम गर्ने तरिका !

266

बर्दिबास- पूर्व–पश्चिम राजमार्गअन्तर्गत महोत्तरीको बर्दिबासको भब्सी नदीमा बाढीले बगाएको पुल नेपाल सरकारले १२ घण्टा नपुग्दै बनाएको छ। पुल भत्केपछि राजमार्ग अवरुद्ध बनेका कारण डिभिजन सडक कार्यालय जनकपुरले तत्कालै बेली ब्रिज जडान गरेको हो।

बेलीब्रिज जडान गरेर पूर्वपश्चिम राजमार्ग सुचारु गराएको कार्यालयका प्रमुख इन्जिनियर बिनोद मौवारले जानकारी दिए। सामान्य अबस्थामा बेलीब्रिज नै जडान गर्नपनि केही हप्ता लगाउँने सरकारी संरचनाले यहाँ भने काम गरेर देखाएका छन् । अहिले राजमार्ग सुचारु भएको छ ।

शनिबार बिहान पुल बाढीले बगाएका कारण दिनभर अलपत्र हजारौँ सवारी चल्न थालेका छन् । अहिले बढी भार क्षमता भएको गाडीलाई रोक्दै आवतजावत अघि बढाउनेगरी मिलाइएको छ। भारी क्षमताको गाडी आवतजावत गर्न नदिन भब्सी नदीको दुवैतिर सुरक्षाकर्मी परिचालित छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here