काठमाडौं / इनरुवामा पत्नीले दाउराले हानेर पतिको हत्या गरेर फरार भएकी छिन् । इनरुवा नगरपालिका ७ खिरखिरया मुसहरी टोलमा ८ वैशाखमा भएको घटनामा मुकेश श्रषिदेवको ज्यान गएको थियो ।
शुरुमा आरोप अरुतर्फ सोझिएकोमा प्रहरीले उनकै पत्नी संलग्न रहेको कुरा अनुसन्धानपछि पत्ता लगाएको छ । ज्यान लिएपछि अनुसन्धानका क्रममा पत्नी विमला ऋषिदेवले दाउराले हान्दा मुकेशको ज्यान गएको खुलेपछि उनी फरार भएकी हुन् ।
घटनापछि फरार विमलालाई २४ असारमा पक्राउ गरिएको हो । गाउँमा लुकिछिपी बस्दै आएकी विमलामाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । उनले के कारणले ज्यान लिएकी हुन भन्ने कुरा पनि खुल्न सकेको छैन ।


















